जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला एसिया कपः भारतसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

यू–१९ महिला एसिया कपः भारतसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं। १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा पुगिसकेको छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतः छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics