जोडिनुहोस
  • होमपेज
  • छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ; जीवन परियार

छानबिनमा जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ; जीवन परियार

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य जीवन परियारले छानबिनका नाममा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेकाले दुरुपयोग हुन नहुने बताएका छन् ।सहमहामन्त्री समेत रहेका सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कानुनको प्रयोग नगरी छानबिन गर्न आग्रह गरे ।

उनले भने, ‘यसमा धेरै व्यक्ति कारबाहीका लागि सिफारिसमा परेका छन् । जोसुकै होस् दोषीले कारबाही भोग्नुपर्छ ।’

उनले भने, ‘सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे रु आईजीपी बनाउँदा दुई करोड(एक करोड चाहिन्छ भनेर एउटा व्यापारीसँग बार्गेनिङ कसरी हुँदै छ रु यसरी सीआईबीजस्तो भरपर्दो निकायबाट फरार अभियुक्तसँग मोलमोलाइ गर्न थालियो भने जनताले न्याय पाउने अवस्था रहँदैन ।’

उनले सुन तस्करी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कदम चाल्नुपर्ने समेत बताए । आज सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond