जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ११ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १३ घन्टा अगाडि
  • १३ घन्टा अगाडि
  • होमपेज
  • एघार महिनामा सात अर्ब राजस्व संकलन

एघार महिनामा सात अर्ब राजस्व संकलन

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख, मङ्सिरमा ७३ करोड ३४ लाख र पुसमा ६८ करोड ९० लाख राजस्व संकलन भएको छ ।

त्यस्तै, माघमा ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख, वैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

भन्सार कार्यालयको गत आव २०७९-८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs