जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन

प्रधानमन्त्रीद्वारा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।

इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएको छ, बधाई नेपाली ।’

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, प्रधानमन्त्री ओलीको फेसबुक पेज’ मा लेखिएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК