जोडिनुहोस
  • होमपेज
  • बाइडेनलाई भन्दा कमलालाई हराउन सहज हुने ट्रम्पको दाबी

बाइडेनलाई भन्दा कमलालाई हराउन सहज हुने ट्रम्पको दाबी

काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराउन राष्ट्रपति जो बाइडेनलाई हराउन भन्दा सहज हुने दोहोर्याएका छन्।​

सर्वेक्षणहरूले नभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाट ह्यारिस अगाडि रहेको देखाए पनि रिपब्लिकन उम्मेदवार ट्रम्पले भने ह्यारिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने बताएका हुन्।

अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण बन्दै गएको राज्य पेन्सिलभेनियाको उत्तरपूर्वी शहर विल्क्स ब्यार्रीमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्पले कमला एक ¥याडीकल अर्थात् पूर्ण राजनीतिक र सामाजिक परिवर्तन चाहने पागल राजनीतिज्ञ रहेको बताएका छन्।

ट्रम्पले ह्यारिसका धेरै विषय र नीतिहरूमा निकै गलत रहेको बताएका छन्।

डेमोक्र्याटिक राष्ट्रिय सम्मेलन सोमबार शिकागोमा सुरु हुनुअघि ह्यारिसले भने पेन्सिलभेनिया राज्यको पूर्वी शहर पिटर्सबर्गमा आफ्नो चुनावी यात्रा प्रारम्भ गरेकी छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help