जोडिनुहोस
  • होमपेज
  • एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं। आर्थिक वर्ष ०८०–८१ मा रेमिट्यान्समार्फत १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाा मुलुक भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६।५ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा भन्दा यस वर्ष एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३।२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४।५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३।९ प्रतिशतले बढेको थियो।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics