जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

काठमाडौं। दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो।

नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको रोयटर्सले उल्लेख गरेको छ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mother your children are like birds