जोडिनुहोस
  • होमपेज
  • बहुला स्यालको टोकाइबाट महिला, बालबालिकासहित १२ जना घाइते

बहुला स्यालको टोकाइबाट महिला, बालबालिकासहित १२ जना घाइते

रौतहट । बहुला स्यालको टोकाइबाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एकजना महिलालाई वीरगंज रेफर गरिएको छ ।

गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो ।

बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्षीय ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षीया तेतरी खातुन, ४० वर्षीया जयबुल खातुन, १५ वर्षीया मनिषा कुमारी, ५५ वर्षीया उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षीया दुखीया देवी,३० वर्षीया बिना देवी, ९ वर्षीय श्रावण कुमार, ७२ वर्षीया सिकीलावा देवी, ७० वर्षीय जयल मुखियालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमा प्रकाश खनालले बताएका छन् ।

स्यालको आक्रमण बाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाइते बनाएको छ। घाइते मध्ये गम्भीर अवस्थामा रहेकी ६० वर्षीया तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंज पठाइएको थियो । खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि नेशनल मेडिकल बिरगंज पठाइएको डीएसपी खनालले जानकारी दिएका छन ।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाईएको थियो ।

घाईतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन भने केही बिरामी उपचार पछि घर फर्की सकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एकजना युवकको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?