जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असार ५ गते बुधबारको राशिफल

आज २०८१ साल असार ५ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः खानपानमा समस्या हुनसक्छ। पौष्टिक आहारको अभाव हुनेछ। साथीलाई समय दिन नसक्दा मन अशान्त हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षाबाट सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

वृषः न्यायपूर्वक गरेको लगानीको उचित मूल्यांकन हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। स्वदेशकै लगानीमा मन जानेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुनः संघर्ष गर्नुपर्ने दिन छ। समस्याको समाधान संघर्षबाट नै हुनेछ। लगानीमध्ये शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। साथी दाहिना भएकाले दिन रमाइलो बन्नेछ।

कर्कटः विश्वास गरेका पात्रबाट धोका हुनेछ। मन अशान्त हुनेछ। घरजग्गा सम्बन्धी कारोबारबाट नाफा हुनेछ। परिवारमा सहमति गर्नुभन्दा पहिला काम गर्नु राम्रो हुनेछ। परिवारमा छलफल गर्नु अगाडि नै कामको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

सिंहः सम्पत्तिको लोभले इज्जतमा खोट लाग्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः समय राम्रो छ। मन खुशी हुनेछ। थालेका काममा उत्साह मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा जोश र जाँगर बढ्नेछ। आम्दानीको अवसर प्राप्त हुनेछ। परिवारसँगको बसाइ रमाइलो बन्नेछ।

तुलाः धनलक्ष्मी योग परेको छ। समयमा लगानी गरेको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। गुम्न लागेको धन हात लाग्ने योग छ। साथीबाट सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रबाट मान र सम्मान प्राप्त हुनेछ।

वृश्चिकः समय राम्रो छ। इच्छा अनुसारकै काम हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको विश्वास बढी गर्नाले खटपटी बढ्ने देखिन्छ।

धनुः समय रमाइलो छ। प्रतिस्पर्धा गर्ने साथीहरु शान्त छन्। न्याय पाउने योग छ। विपक्षीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

मकरः समय चुनौतीपूर्ण छ। समस्याकै बिचमा समाधान खोज्नु राम्रो हुन्छ। अचानक धन खर्च हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारको लगानीबाट उन्नति हुनेछ।

कुम्भः मन अशान्त हुनेछ। व्यवहारमा अवरोध हुनेछ। यसबाट बच्न जन्मकुण्डली हेरेर कामको सुरुवात गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा व्यवहार सहज बन्नेछ। साथीले सहयोग गर्नेछन्।

मीनः समय राम्रो छ। आर्थिक उन्नति हुनेछ। घर व्यवहारबाट खुशी मिल्नेछ। साथीको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोगको चपेटामा पर्ने जोखिम देखिन्छ। आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नु राम्रो हुन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond