जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • काठमाडौंमा १० डिग्री सेल्सियसबाट तल ओर्लियो तापक्रम

काठमाडौंमा १० डिग्री सेल्सियसबाट तल ओर्लियो तापक्रम

काठमाडौंं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ।

सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान पौने ९ बजेको रेकर्ड भएको यो न्यूनतम तापक्रम यो वर्षकै कम हो। न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ। यस्तै आज काठमाडौं उपत्यकामा हल्का बदली भए पनि सामान्यतया मौसम सफा नै रहनेछ।

त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК