जोडिनुहोस
  • होमपेज
  • चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव

चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गलमा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मृतकको शव आफ्नै डेराको लोबेडमुनि फेला परेको थियो।

सरिता मंसिर २९ गते राति १२ बजेदेखि हराएकी थिइन्। उनको दाजु नवीन रुम्बा तामाङले मंसिर १ गते प्रहरी वृत्त थानकोटमा बहिनी हराएको निवेदन दिएका थिए। खोजतलासका क्रममा मंसिर ३ गते सरिता आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परिन्।

प्रहरीले घटनास्थलको अध्ययन प्रविधिको प्रयोग र सूचनाको आधारमा अभियुक्तलाई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँस्थित डेराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ का २४ वर्षीय विश्वास तामाङ छन्।

पक्राउ परेका तामाङको साथबाट मृतक सरिताको मोबाइल पनि बरामद गरिएको छ। मृतक सरिता धादिङ गजुरी–९ निवासी दलबहादुर तामाङकी छोरी हुन्। उनी विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धान गरिरहेको छ। प्रहरीले अभियुक्तविरुद्ध कडा कानूनी कारबाही गरिने जनाएको छ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate