जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत ७ गते बुधबारको राशिफल

आज २०८० साल चैत ७ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा खटपटी हुनेछ। परिवारले तपाईंको बोली नसुन्ने खतरा देखिन्छ। दिन सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

वृषः समय राम्रो छ। आफ्नो मनले खाएको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशी लगानीबाट उत्साह बढ्नेछ।

मिथुनः दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। शेयरमा फाइदा हुनेछ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा विश्वास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। विरोध गर्ने र प्रतिस्पर्धीहरु शान्त छन्। लगानी गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारमा एक अर्काको मर्म नबुझ्दा खटपटी हुनेछ। विदेशतर्फकको आकर्षण बढ्ने देखिन्छ।

सिंहः दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। खुट्टा तान्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। व्यक्तिगत योजना अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। साथीको साथ रहनेछ।

तुलाः दिन राम्रो छ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। अधुरो काम बन्नेछ। साथीसँग भेट हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ। स्वदेशकै लगानीमा चित्त बुझाउनुपर्ने समय छ।

वृश्चिकः समय राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ। पश्चिमको यात्रामा भने नजानु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः दिन सामान्य छ। तपाईंलाई असफल बनाएर हाँस्नेहरु सक्रिय छन्। प्रतिवादमा खरो रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। आज सबै क्षेत्रमा सोचेर काम गर्नुपर्ने देखिन्छ।

मकरः दिन राम्रो छ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः आजको दिन सामान्य छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः समय राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। खर्च बढी हुने दिन भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। पुरानो रोगले भने छोड्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics