जोडिनुहोस
  • होमपेज
  • एमभी दुगड ग्रुपको हाइड्रोपावरको लापरवाही, लिखु पिके–५ का ७० घर पहिरोको जोखिममा

एमभी दुगड ग्रुपको हाइड्रोपावरको लापरवाही, लिखु पिके–५ का ७० घर पहिरोको जोखिममा

सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा निर्माण हुन लागेको ७७ मेघावाट क्षमताको हाईड्रोपावरले वस्ती नै जोखिममा परेको छ । गाउँपालिकाको वडा नं. ५मा सञ्चालित हाईड्रोपावर परीक्षणको समयमा पानी लिकेज भएर वस्ती जोखिममा परेको हो । एमभी दुगर ग्रुपद्धारा सञ्चालित पान हिमालय ईनर्जी प्रालीले सोही क्षेत्रमा हाईड्रोपावर निर्माण गर्न लागेको छ ।

मंगलवार हाईड्रोपावरको टनेल परीक्षण गर्ने क्रममा पानी लिकेज भएको हो । पानी लिकेज हुँदा गाउँपालिकाको पाताल छिरिङ्खर्क र मार्बु वस्तीको करिब ७० वटा घर जोखिममा परेका छन् । वस्तीमा पानी पर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

मंगलवार हाईड्रोपावरबाट पानी लिकेज भएर वस्तीमा पसेपछि गाउँपालिकाको कार्यपालिका वैठकले तत्कालका लागि काम रोक्न ताकेता गरेको छ । स्थानीयको आग्रहपछि गाउँपालिकाकी अध्यक्ष मिना कार्की वस्नेत सहित जनप्रतिनिधिहरु मंगलवार नै हाईड्रोपावरको निरीक्षणका लागि पुगेका थिए । स्थानीय आग्रह र जोखिमलाई मुल्याङ्कन गरी हाईड्रोपावरको काम तत्कालका लागि रोक्ने निर्णय गरेको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।

लिखु पिके गाउँपालिकामा ग्लोबल र नुम्मुर हिमालय हाईड्रोपावर समेत सञ्चालनमा छन् । हाईड्रोपावर सञ्चालनको लामो समयसम्म पनि कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने कुनैपनि काम नगरेको भन्दै स्थानीयले आरोप लगाउँदै आएका छन् । यस्ता असन्तुष्टिका विच गाउँपालिकामा दुगर ग्रुपले हाईड्रोपावर सञ्चालन गर्न लागेको हो । स्थानीयले भने सुरक्षाको ख्याल गर्दै हाईड्रोपावरका आयोजनाहरु अघी बढाउन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances