जोडिनुहोस
  • होमपेज
  • लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने ओलीको दाबी

लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने ओलीको दाबी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । शनिवार ललितपुरको गोदावरीमा पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरे ।

उनले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन समेत आग्रह गरे ।अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर समेत गरे ।

अध्यक्ष ओलीले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भुमिका खेल्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help