जोडिनुहोस
  • होमपेज
  • यस वर्षको ‘गौरा पर्व’ भदौ १० गते

यस वर्षको ‘गौरा पर्व’ भदौ १० गते

काठमाडौं। सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।

अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपाली गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’

अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ । भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको जनाइएको छ

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances