जोडिनुहोस
  • होमपेज
  • अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका–१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पहिरो खस्न थालेपछी पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ। उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond