जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • छानबिन समितिमा रविको बयान: नक्कली खाता खोली लिएको ऋणको जिम्मेवारी लिन सक्दिन

छानबिन समितिमा रविको बयान: नक्कली खाता खोली लिएको ऋणको जिम्मेवारी लिन सक्दिन

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

समितिको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेसँग लिएको बयान समेत राखिएको छ।बयानमा समितिले लामिछानेलाई विभिन्न सहकारीबाट उनको नाममा लिएको ऋणको बारेमा प्रश्न गरेका छन्। रविले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको बताएका छन्।

लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा कुनै पनि सदस्यता नरहेको बताएका छन्। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले नाममा दुई करोड ऋण खडा गरी गोरखा मिडिया नेटवर्कमा पठाइएको कुरा के हो भन्ने प्रश्नमा लामिछानेले ऋण लिँदा पुर्‍याउनु पर्ने पक्रिया नपुगेको र उक्त ऋण लिएको व्यक्ति आफू नभएको उनले बताएका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК