जोडिनुहोस
  • होमपेज
  • सात महिनाको व्यापार घाटा आठ खर्ब ११ अर्ब रुपैयाँ पुग्यो

सात महिनाको व्यापार घाटा आठ खर्ब ११ अर्ब रुपैयाँ पुग्यो

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गएको साउनदेखि माघ मसान्तसम्मको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा एक दशमलव ७७ प्रतिशतले कम हो ।

यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको कुल वैदेशिक व्यापार नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको थियो ।

चालु आर्थिक वर्षमा आयात अघिल्लो वर्षको भन्दा दुई दशमलव ३१ प्रतिशतले कम र निर्यात अघिल्लो वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशतले कम भएको छ । देशको व्यापार २९ वटा देशसँग नाफामा छ भने एक सय २८ वटा देशसँग घाटामा छ ।

विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग चार खर्ब ९६ अर्ब रुपैयाँ छ । यसैबीच चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ हजार एक सय ५९ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

गएको वर्षको त्यही अवधिमा दुई हजार ९ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएको थियो । गएको वर्षको तुलनामा यसवर्ष तीन गुणा बढी विद्युतीय गाडी आयात भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances