जोडिनुहोस
  • होमपेज
  • दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङ। तुलसीपुरमा बुधबार बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका–१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो।

उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए। ‘इनारभित्र उनीहरू बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे,’ डीएसपी तिमल्सिनाले भने।

धेरै टिप्पणी गरिएका