जोडिनुहोस
  • होमपेज
  • नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो ।

काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारिसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारिसाधन पिप्लामोडभन्दा तलै रोकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond