जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • राम मन्दिर प्राणप्रतिष्ठापछि मुख्यमन्त्री आदित्यनाथले भने – त्रेतायुगमा फर्किएको महसुस भयो

राम मन्दिर प्राणप्रतिष्ठापछि मुख्यमन्त्री आदित्यनाथले भने – त्रेतायुगमा फर्किएको महसुस भयो

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा राम मन्दिर निर्माण गर्न सफल भएसँगै त्रेतायुगमा फर्किएको महसुस भएको बताएका छन्।

सोमवार निर्माणाधीन राम मन्दिरको गर्भगृहमा भगवान् रामको बालस्वरूपको मूर्ति प्राणप्रतिष्ठापछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले शताब्दीयौंदेखिको प्रतीक्षा र संघर्षपछि यो घडीमा आइपुगेको बताए।

उनले जहाँ निर्माण गर्ने संकल्प लिइएको थियो त्यही ठाउँमा मन्दिर निर्माण भएको भन्दै खुसी व्यक्त गरे।

‘आज आत्मा यसकारण खुसी छ कि मन्दिर त्यहीँ बन्यो जहाँ बनाउने संकल्प लिइएको थियो,’ उनले भने, ‘यस्तो लाग्दैछ कि हामी त्रेतायुगमा आइपुगेका छौं। प्रत्येक रामभक्तको हृदयमा प्रसन्नता र सन्तोषको भाव छ। भारत यही दिनको प्रतीक्षामा थियो।’

उनले यस दिनको पर्खाइमा पाँच शताब्दी बितेको भन्दै राम मन्दिर निर्माणका लागि हरवर्गले जीवन उत्सर्ग गरेको बताए।

उनले भने, ‘यो दिनको पर्खाइमा पाँच शताब्दी बित्यो। प्रतीक्षा र संघर्ष निरन्तर चलिरह्यो। रामका लागि प्रत्येक वर्गले आफूलाई उत्सर्ग गरे।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК