जोडिनुहोस
  • होमपेज
  • तयार भयो ‘लू’ सम्बन्धी प्रतिकार्य योजना

तयार भयो ‘लू’ सम्बन्धी प्रतिकार्य योजना

काठमाडौँ । सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ ।

‘लू’ सम्बन्धी पहिलो पटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मङ्गलबार प्रतिकार्य योजनाले पूर्णता पाएको हो । प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उनले बताए ।

अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेका बेला यसपालि प्रतिकार्ययोजना नै तयार पारी लागू गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार हुने गरी कार्ययोजना तयार पारिएको छ ।

उक्त कार्य योजनामा जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, लूबाट बच्ने उपायका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, सर्वतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारीमा राख्ने, भिडभाड नियन्त्रण गर्ने, दिउँसोमा धेरै हिँडडुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान-बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?