जोडिनुहोस
  • होमपेज
  • राजनीतिक दलसँग सम्बन्धित विधेयक ल्याएर पार्टी फुटाउने चलखेर नगर्न राप्रपा अध्यक्ष लिङदेनको सुझाव

राजनीतिक दलसँग सम्बन्धित विधेयक ल्याएर पार्टी फुटाउने चलखेर नगर्न राप्रपा अध्यक्ष लिङदेनको सुझाव

बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद् छलेर राजनीतिक दलसँग सम्बन्धित विधेयक ल्याएर पार्टी फुटाउने चलखेर नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

जुम्ला जाने क्रममा आज बिहान नेपालगन्ज पुग्नुभएका राप्रपा अध्यक्ष लिङदेनले राँझा विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटमा दलहरूको छलफलमा ल्याउनुपर्ने विधेयक सरकारले संसद् छलेर ल्याउन लागेको चर्चापछि आफूहरूले प्रधानमन्त्रीलाई भेटेरै यस्तो कदम नचाल्न सुझाव दिएको समेत प्रष्ट पारे ।

एक अर्को प्रसङ्गमा उनले प्रधानमन्त्रीको पार्टीले कार्यालय बनाउन व्यवसायीसँग जग्गा दान लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिएका छन् । त्यस्तै उनले रवि लामिछानेलाई पक्राउ गर्नु अनुचित नभए पनि यस्ता अभियोग लागेका कांग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्नेमा सरकारलाई सचेत गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help