जोडिनुहोस
  • होमपेज
  • थापाथलीको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी, सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दै प्रहरी

थापाथलीको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी, सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दै प्रहरी

काठमाण्डौको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी परेको छ । काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?