जोडिनुहोस
  • होमपेज
  • शान्ति र समृद्धिका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश

शान्ति र समृद्धिका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश

बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । हिजो र अस्ति भएको समृद्धिका लागि विश्व शान्तिु सम्मेलनमा सहभागी विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा भएको कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारका द्वन्द्व देखापरेकाले समस्या समाधानका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्य दूत र सरकारी अधिकारी सहभागी भएका थिए ।

परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कर्पस नेपाल ९एचसीसीएन० ले संयुक्त रुपमा आयोजना गरेको सम्मेलन बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धि गर्ने साझा उद्देश्यसाथ सकिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options