जोडिनुहोस
  • होमपेज
  • ‘देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ’

‘देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ’

काठमाडौं । सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले राजनीतिक व्यवस्थामा परिवर्तन जनजीवनमा सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘लोकतन्त्रप्राप्तिपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थ हामीबाट छिपेको छैन। तर लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन’, उनले भनेका छन्, ‘यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु।’

उनले नेपालको लोकतन्त्रको रक्षा र प्रवर्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन्।

सभामुख घिमिरेले प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit