जोडिनुहोस
  • होमपेज
  • जानकी अस्पतालको अवरोध हटाउन माग

जानकी अस्पतालको अवरोध हटाउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरस्थित जानकी आँखा अस्पतालमा स्वार्थ समूहबाट भएको अवरोधले नियमित सञ्चालन हुन नसकेको भन्दै सरकारलाई नियमित सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले दुई स्वार्थ समूहका कारण अस्पतालको सेवा अवरुद्ध बनिरहेका बताएका हुन् ।

‘नेपाल रेडक्रसबाट सञ्चालित जानकी आँखा अस्पताल जो जनकपुरमा रहेको छ’, उनले भने, ‘विगत केही महिनादेखि स्वार्थ समूहको द्वन्द्वका कारण नियमित सेवा सञ्चालन भएको छैन ।’ उनले उक्त अस्पताल नियमित सञ्चालन हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यस्तै उनले बंगलादेश प्रदर्शन र हिंसा भएको र नेपाली विद्यार्थीहरू प्रभावित भएको समाचार सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयले आधिकारिक संसद्लाई जानकारी नगराएको भन्दै त्यसबारे सदनलाई जानकारी दिन अनुरोध गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options