जोडिनुहोस

हालको खबर

  • होमपेज
  • सहकारी विकास बोर्डको सदस्यसचिवमा खगराज खड्का नियुक्त, यी हुन् मन्त्रिपरिषद्‌का निर्णय

सहकारी विकास बोर्डको सदस्यसचिवमा खगराज खड्का नियुक्त, यी हुन् मन्त्रिपरिषद्‌का निर्णय

काठमाडौं । सरकारले सहकारी विकास बोर्डको सदस्यसचिवमा खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बोर्डको रिक्त सदस्यसचिवमा रूपन्देहीका खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले आयल निगम लिमिडेटलाई जितपुर–सिमरा उपमहानगरमा रहेको करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको उनले जानकारी दिए ।त्यस्तै, बैठकले काठमाडौं तराई–मधेस द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरेको छ ।

बैठकले टिकटकको प्रतिबन्ध सर्त पालना गर्ने गरी हटाउने निर्णय गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Notre Avis sur Betify Casino – Partie 116