जोडिनुहोस
  • होमपेज
  • हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौँ । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताए ।

‘साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ’, उनले भने, ‘त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।’

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options