जोडिनुहोस
  • होमपेज
  • इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

इङ्ल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्ग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्। २८ वर्षीय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको छ।

लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् । एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ । यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्ड्सका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिङ अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help