जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

काठमाडौं। गएको हप्ता पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आएको चक्रवात चिडोका कारण ९४ जनाको ज्यान गएको छ ।

फ्रान्सेली द्वीप समूह मेयोटमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको ज्यान गएको फ्रान्सको नेशनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण अरु धेरैको ज्यान गएको हुनसक्ने अनुमान रहेको छ ।

सात सय ६८ जना घाइते र ६ लाख २२ हजारभन्दा धेरै प्रभावित भएको तथ्याङ्क बीबीसीले उल्लेख गरेको छ । चिडोका कारण गएको हप्ता मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा र पहिलो २४ घण्टामा २ सय ५० मिलिमिटर वर्षा भएको थियो ।

यही चक्रवातले मोजाम्बिक, मलावी र जिम्बाब्वेमा सर्नु अघि फ्रान्सेली हिन्द महासागर क्षेत्र मेयोटमा पहिलो पटक विनाश मच्चाएको थियो ।

चक्रपात चिडो मेयोट द्वीपसमूहमा ९० वर्षपछिको सबैभन्दा खराब आँधी रहेको खबरमा उल्लेख छ । आँधीपछि मोजाम्बिकमा प्रत्येक दिन खाद्यान्न र उपकरणहरू भरेर सय टन सामग्री वितरण भइरहेका छन् ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК

छुटाउनु भयो कि?