जोडिनुहोस
  • होमपेज
  • रूस–युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

रूस–युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

काठमाडौं। दक्षिण कोरियाले रूस–युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ ।

दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको बताइएको छ ।

’सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार एक सय उत्तर कोरियाली सैनिक मारिएको आँकलन गरेका छौँ,’ दक्षिण कोरियाली सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाले रूसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको जनाएको छ ।प्योङयाङले पूराना सैनिकलाई फिर्ता बोलाएर वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको बताइएको छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले ’आत्म–विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको’ दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ ।

उत्तरले रूसी सेनाका लागि २४० एमएम रकेट लन्चर र १७० एमएम सेल्फ–प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस–युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ ।

उत्तर कोरियाले युक्रेन युद्धमा रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा कब्जा गरेको कुर्कस् क्षेत्रमा खटिएको विश्वास गरिएको छ ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ । विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ–उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

यसअघि अमेरिका र उसका सहयोगीहरूले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई गरेको समर्थनको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । प्योङयाङले उक्त वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ भनको संज्ञा दिँदै आलोचना गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help