जोडिनुहोस
  • होमपेज
  • धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । कैलालीको धनगढीमा यही जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ। साहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरू झैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो। प्रतियोगिता टी-२० फरमेटको प्रणालीबाट खेलाइने छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन लागेको हो। जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ। प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए।

प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाई देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए।

साहारा नेपालका अध्यक्ष अनन्त बोहराले भने समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्‍याउन सकिने विश्वास रहेको र स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताए । साथै अध्यक्ष बोहराले भने, निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य रहेको पनि बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия