जोडिनुहोस
  • होमपेज
  • भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

काठमाडौं– भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् ।

बिहीबार भएको विस्फोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ । मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्प इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।

विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए । विष्फोटको आवाज १.५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ । घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help