जोडिनुहोस
  • होमपेज
  • चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा २५ वर्षको जेल सजाय

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा २५ वर्षको जेल सजाय

काठमाडौं– चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा चिनियाँ मूलका एक जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

चीनका लागि जासुसी गरेको आरोपमा चिनियाँ मूलका अमेरिकी नागरिक शुजुन वाङलाई न्यूयोर्कको अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो ।उनले अमेरिकामा बसोबास गरिरहेका चिनियाँहरुको गोप्य सूचना चीनको जासुसी निकायलाई प्रदान गर्दै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ७५ वर्षीय वाङले न्यूयोर्कको क्विन्समा चिनियाँ सत्ताविरोधी संस्था स्थापना गर्न पहल गरेका थिए ।

उनले लोकतन्त्रवादी अभियन्ताको भेषमा न्यूयोर्कमा सक्रिय अभियान समूहहरुबाट संवेदनशील सूचना लिने र चिनियाँ जासुसी निकाय एमएसएसलाई प्रदान गर्दै आएको जनाइएको छ । उनले सन् २००६ देखि चीनको राष्ट्रिय सुरक्षाको निर्देशनमा काम गरिरहेको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond