जोडिनुहोस
  • होमपेज
  • साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडी

साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौं। घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मंगलबार राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकालाई पनि समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

प्रतियोगिता १७(३० अक्टोबरसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय छ। साबिक उपविजेता नेपाल समूह ‘बी’ मा छ। यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्।

अर्को समूहमा साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। नेपालले १८ अक्टोबरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?