जोडिनुहोस
  • होमपेज
  • लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त चौधरीले राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्ति पार्टीले विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहिसकेका उपाध्यक्ष चौधरीले लोसपा परित्याग गरेको जनाएको छ । मुक्ति क्रान्तिले अर्को सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ र बागमती प्रदेश समिति अध्यक्ष दलबहादुर तामाङले पनि दल त्याग गरेर आफ्नो पार्टी प्रवेश गरेको जनाएको छ । मुक्त क्रान्तिका अनुसार नागरिक उन्मुक्तिकै केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि उक्त पार्टीमा समाहित भएका छन् । जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई पनि दर्जनौं समर्थकसहित पार्टीमा समाहित भएका विज्ञप्तिमा उल्लेख छ । सबै नेताहरूलाई खादामाला लगाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएको मुक्ति क्रान्तिले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics