जोडिनुहोस
  • होमपेज
  • सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला १७ सय रुपैयाँ वृद्धि

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला १७ सय रुपैयाँ वृद्धि

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार पाँच रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help