जोडिनुहोस
  • होमपेज
  • श्रेयस अय्यरको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गर्‍यो

श्रेयस अय्यरको रेकर्ड तोडियो, लखनउले ऋषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गर्‍यो

भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् ।

आउँदो वर्षको आईपीएलका लागि आज भएको अक्शनमा पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।

यसअघि आजै अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । यसअघि मिचेल स्टार्कलाई गएको वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options