जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • सेती नदीको कटानले सतीघाट जान समस्या

सेती नदीको कटानले सतीघाट जान समस्या

कास्की– सेती नदीको कटानका कारण बाटो भत्किँदा कास्कीको पोखरा महानगरपालिका–३२ स्थित सतीघाट जान समस्या भएको छ ।

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो । घाटसम्मको बाटोलाई विगत दुई वर्षयता लगातार रुपमा बजेट विनियोजन गरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

वडामा बाढी नियन्त्रणका लागि ७० लाख बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको उनको भनाइ छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?