जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • टेलिग्रामका सीईओ पावेल दुरोभ फ्रान्सको विमानस्थलबाट पक्राउ

टेलिग्रामका सीईओ पावेल दुरोभ फ्रान्सको विमानस्थलबाट पक्राउ

काठमाडौं । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभ फ्रान्सको एक विमानस्थलबाट पक्राउ परेका छन् ।

आफ्नो निजी विमानबाट पेरिसको उत्तरमा रहेको बोर्जेट एयरपोर्टमा अवतरण भए लगत्तै उनलाई पक्राउ गरिएको फ्रान्सेली मिडियाले जनाएको छ।३९ वर्षीय दुरोभलाई उनको मेसेजिङ एप टेलिग्रामसँग सम्बन्धित अपराधको वारेन्टका आधारमा पक्राउ गरिएको बताइएको छ ।

रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार फ्रान्सस्थित रुसी दूतावासले उनको पक्राउको विषयमा बुझ्न कदम चालेको बताएको छ । फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछि टेलिग्राम विश्वकै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा पर्छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК