जोडिनुहोस
  • होमपेज
  • भारतको गुजरातस्थित मनोरञ्जन पार्कमा आगलागि, २७ जनाको मृत्यु

भारतको गुजरातस्थित मनोरञ्जन पार्कमा आगलागि, २७ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिमी राज्य गुजरातस्थित एक मनोरञ्जन पार्कमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । आगलागीमा परी थुप्रै घाइते भएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवका अनुसार गुजरातको राजकोट मावारोडस्थित मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा केही बालबालिका पनि रहेको बताइएको छ । मृत्यु भएकाको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ।’

मनोरञ्जन स्थलमा युवायुवतीको ठूलो भीड लागेको बेलामा आगलागी हुँदा कोलाहल मच्चिएको थियो । गेम जोनमा वैकल्पिक ढोका नहुँदा थुप्रै मानिस भवनको भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

आगलागिको धुवाँ पाँच किलोमिटर टाढासम्म फैलिएको थियो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond