जोडिनुहोस
  • होमपेज
  • पुनः सञ्चालनमा आयो राहदानी सेवा

पुनः सञ्चालनमा आयो राहदानी सेवा

काठमाडौं। कम्प्युटर प्रणालीमा समस्याका कारण अवरुद्ध भएको राहदानी सेवा पूर्णरूपमा सञ्चालनमा आएको छ। विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा सञ्चालनमा आएको जानकारी दिएको हो।

सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको बताइएको छ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचना अनुरूप काम भइरहेकाले मंगलबारदेखि परीक्षण सुरु गरिने सूचनामा उल्लेख छ। यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ।

‘सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help