जोडिनुहोस
  • होमपेज
  • कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८ र ७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो । अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको भन्दै अख्तियारले प्रतिवादीबाट एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options