जोडिनुहोस
  • होमपेज
  • कांग्रेस सांसद पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने

कांग्रेस सांसद पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् ।

उनले रिङरोडको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने भएका हुन् । केही दिनअघि मात्रै नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । साथै उनले यस विषयमा संसदमा पटक पटक आवाज समेत उठाउँदै आएका छन् ।

उनले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग र चिनियाँ राजदूतसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए। काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा यहाँको वातावरणदेखि यहाँका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको उनको भनाइ छ। सरकारले यति महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्य मा खेलबाड गरिरहेको उनको आरोप छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help