जोडिनुहोस
  • होमपेज
  • साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : मन्त्री शर्मा

साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताइन्। उनले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताइन् ।

नेपाल साहित्यिक पत्रकार संघको १८औँ स्थापना दिवसको कार्यक्रममा मन्त्री शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको स्मरण गरिन् ।

भारतको बनारसदेखि नेपाली साहित्यिक पत्रकारिता उदाएको उल्लेख गर्दै उहाँले साहित्यिक पत्रकारिताले नेपालमा पत्रकारिताको विकास गर्न सहयोग पुगेको बताइन् ।

‘पत्रिकारिताको पुरानो धरातल साहित्यिक पत्रकारिता हो’, मन्त्री शर्माले भनिन्, ‘अब समयसापेक्ष सूचनामैत्री साहित्यिक पत्रकारिता बनाउनुपर्छ ।’ उनले संघलाई यस वर्षदेखि दुई लाख सहयोग गरेको उल्लेख गर्दै साहित्यिक पत्रकारिताले समाज रूपान्तरण गर्न मद्दत पुग्ने किसिमका पाठ्यसामग्री उत्पादन गर्न जरुरी रहेको बताइन्।

कार्यक्रममा साहित्यिक पत्रकारहरू क्रमशः प्रा डा कृष्णप्रसाद घिमिरे, घनश्याम कँडेल, डा तुलसी भट्टराई, निनु चापागाईँ, नरेन्द्रबहादुर श्रेष्ठ, डा अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाईँ, नरनाथ लुइँटेल, हरिगोविन्द लुइँटेल, डा विष्णुविभु घिमिरे, लोकबहादुर थापामगर, नारायणप्रसाद शर्मा र सावित्री श्रेष्ठसम्मानित भए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help