जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ४ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • १११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि

१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेको छ । आज नेप्सेमा भारी गिरावट आएसँगै २० कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो । आज नेप्से ३.८६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भयो । नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो । आज १३ वटा समूहमध्ये होलट एण्ड टुरिजम समूहबाहेक अन्य १२ वटा समूह राताम्य भयो । आज होलट एण्ड टुरिजम समूह ०.४३ प्रतिशतले बढेर ७२८१.२७ विन्दुमा पुग्यो ।

त्यस्तै वाणिज्य बैंक ४.९२ प्रतिशतले, विकास बैंक ४.१८, फाइनान्स ४.६९ प्रतिशत, हाइड्रो ३.९६ प्रतिशत, इन्भेष्टमेन्ट ४.१३ प्रतिशत, जिवन बीमा ३.६५ प्रतिशत, उत्पादन २.९३ प्रतिशत, लघुवित्त २.९६ प्रतिशत, म्यूचअल फण्ड १.०९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत र अन्य समूह ३.८५ प्रतिशतले घट्यो ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप एक कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । थप ६ वटा कम्पनीको शेयर मूल्यमा भने ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91