जोडिनुहोस
  • होमपेज
  • आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो

आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार पनि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम मापन भएको थियो। त्यसअघि बुधबार ७.५ डिग्री सेल्सियस मापन भएको थियो।

सोमबार र मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि देशको पश्चिमी भूभागबाट पानी पार्ने प्रणाली भित्रने पूर्वानुमान गरेको छ।

पानी पर्दा पश्चिमी भूभागमा तापक्रम केही घटेपनि काठमाडौंमा त्यसको प्रभाव नपर्ने मौसमविदहरूले बताएका छन्। उक्त प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले औंल्याएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics