जोडिनुहोस
  • होमपेज
  • एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

एसईईका लागि परीक्षा आवेदन फाराम खुल्यो

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ ।

यस वर्षको एसईई चैत ७ गतेदेखि हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्नेगरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help