जोडिनुहोस
  • होमपेज
  • रास्वपाले बुझायो स्वास्थ्यमन्त्रीलाई २६ बुँदे सुझाव पत्र

रास्वपाले बुझायो स्वास्थ्यमन्त्रीलाई २६ बुँदे सुझाव पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ ।

आज मन्त्रालयमा रास्वपाको स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्यमन्त्री यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो । रास्वपाले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको दोहोरोपनबाट अलग गर्नुपर्ने, आपत्कालीन स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ ।

यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, एम्बुलेन्सको गुणस्तर बढाएर सहज उपलब्धताको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालको आईसीयू र भेन्टिलेटरको क्षमता बढाउनुपर्ने लगायतका माग राखेको रास्वपाकी सांसद डा। तोसिमा कार्कीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options